ब्रिटिस क्याम्पमा जेपी क्रसको १०० वर्ष जन्मोत्सव

पाेखरा | असार ७, २०८२

ब्रिटिस क्याम्पमा जेपी क्रसको १०० वर्ष जन्मोत्सव

पोखरा:  ब्रिटिसका नेपाली नागरिक लेफ्टनेन्ट कर्णल जे.पी. क्रसले शनिबारदेखि १ सय वर्ष पार गरेका छन् । उनले शताब्दी पार गरेका क्रसको जन्मोत्सव पोखरामा भव्य रुपमा मनाइएको छ । 


ब्रिगेड अफ गोर्खाको इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिश अधिकारीहरूमध्ये एक जेपी क्रसको जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य समारोह गरी मनाइएको हो । 


कार्यक्रमा बेलायती राजदूत रब फेन, भुतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत अधिकारी तथा कर्मचारीहरू उपस्थित रहेको थियो । 


ब्रिटिश गोर्खाज नेपालका कमाण्डर कर्णल ड्यान रेक्स एम भी ओले यस महत्वपूर्ण कार्यक्रम पोखरास्थित क्याम्पमा मात्र सिमित नभएर बाहिर सम्पूर्ण ब्रिगेड अफ गोर्खाज र ब्रिटिश सेनामा पनि प्रतिध्वनित भएको स्मरण गराए ।


 ‘जे.पी. साहेबसँगको सम्बन्धमा गर्व गर्ने धेरै नेपालीहरूले पनि यो क्षण नजिकबाट हेरिरहेको र आफुलाई यस अवसरसँग सम्बन्धित गराइरहेका छन्,’ उनले भने ।


उनी अहिले आफ्नो धर्मपुत्र र परिवारसँग पोखरामा जीवन बिताइरहेका छन् । उनको वास्तविक नाम जन फिलिप क्रस ओ बी ई हो । उनी नेपालमा बस्न थालेदेखि सबैले जे.पी. क्रस भनेर चिन्छन् । 
करिब ४० वर्षसम्म ब्रिटिश गोर्खामा सेवा गरेका उनी सेवाबाट अवकाशपछि विगत ४९ वर्षदेखि नेपालमा बस्दै आएका छन् । 


केही वर्ष अघिदेखि क्रस नेपाली नागरिकको रूपमा छन् । अहिले आफूलाई ‘बेलायतमा जन्मेका नेपाली’ भन्न रुचाउने क्रस ८० वर्षअघि २१ वर्षको उमेरमा ब्रिटिश सेनाका साथ पहिलो पटक नेपाल आएको स्मरण गर्छन् । 


उनले आफ्नो जीवनभरको सैन्य सेवा र ज्ञानबारे १९ वटा पुस्तक लेखेका छन् । साथै, उनले आफ्ना टिप्पणी तथा संस्मरणहरूमा सधैं गोर्खाहरूलाई उच्च सम्मानमा राख्छन् । 


नेपाल, यहाँका मानिस र गोर्खालीहरूप्रति उनको लगावले नेपाल र गोर्खा समुदायमा उनको नामलाई स्थायी बनाएको छ । उनको कृतिहरूमा व्यक्त गरिएको ज्ञानले सैन्य संसारमा राम्रो पहिचान कमाएको छ ।


गोर्खा सैनिक र लेखकको रूपमा आफ्नो विशिष्ट उपलब्धी बाहेक उनी जंगलयुद्ध र प्रति–विद्रोहका विशेषज्ञका रूपमा चिनिन्छन् । 


जसले प्रहरी अधिकारी, रक्षा सहचारी र गोर्खा भर्ती अधिकारीको रूपमा अनुभव प्राप्त गरेका छन् । उनी एक उच्च दक्ष भाषाविद् पनि हुन्, जो नेपाली र यसका विभिन्न भाषामा धाराप्रवाह छन् । 


उनले सैन्यकालमा बर्मा, इन्डो–चाइना, मलाया, बोर्नियो, पाकिस्तान, भारत, हङकङ, र नेपाल लगायत अन्य क्षेत्रहरूमा सेवा गरेका छन् । सोही कारण पनि उनको १०० औं जन्मोत्सव खास रहेको थियो । 


 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्